डेढ सय जनाको निशुल्क रगत समुह परीक्षण
असोज -१ -बैतडी /डडेल्धुरामा डेढ सय जनाको निशुल्क रुपमा रगत समुह परीक्षण गरिएको छ । हातेमालो समाज नेपालको आयोजना टिम नेपो बैतडीको सह आयोजनामा गरिएको कार्यक्रममा १ सय ५० जनाको रगत समुह परीक्षण गरिएको टिम नेपो बैतडीका सह प्रतिनिधि एवँ हातेमालो समाज नेपालका सचिब निराजन मडैले जानकारिदिनुभएको छ । नेपाल रेडक्रस सोसाइटि साखा डडेल्धुराको सहयोगमा हातेमालो समाज नेपाल र टिमनेपो बैतडीले बन्ढुनि पर्वका दिन बिहीबार रगत परिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
अमरगढी नगरपालिका वडा नं ७ पोखरामा प्रत्येक वर्ष बुन्ढनी पर्वका दिन साँस्कृति कार्यक्रम हुनेगरेका भएपनि यो वर्ष हातेमालो समाज नेपालको पहलमा नागरिकहरुको रगत समुह परीक्षण गरिएको छ । कोरोना भाइसले साँस्कृति कार्यक्रम गर्ने सकिने अवस्था नरहेपछि रगतअभावका बेला टेवा पुगोस भन्ने हेतुले रगत सुमुह परीक्षण गरिएको हातेमालो समाका अध्यक्ष अमर भाटले जानकारिदिनुभएको छ ।
रक्तसञ्चार केन्द्र डडेल्धुरा बेला बेला रगत अभाव भइरहने हुँदा रगत समुह परीक्षण गरेपपछि रक्तदान गर्ने रक्तदाताहरुलाई सहजता मिल्ने विश्सास गरिएको नेपो बैतडीका सह प्रतिनिधि मडैले बताउनुभएको छ । रगत परीक्षण कार्यक्रममा हातेमालो समाजका अध्यक्ष अमर भाट, हातेमालो समाज नेपालका सचिब एवँ टिम नेपो बैतडीका सह प्रतिनिधि निराजन मडै , रेडक्रस सोसाईटि साखा डडेल्धुराका रक्तसञ्चार संयोजक गणेश ऐर ,नेपोका सदस्य बिरेन्द्र विष्ट , रेडक्रसका कर्मचारि कृष्ण पनेरु, दिनेश पनेरु ल्गायतको उपस्थितीरहेको थियो ।