बैतडीका थप ३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको सङ्ख्या ९० पुग्यो

बैतडी असार १७। बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार मेलौली नगरपालिकाका २ जना र सुर्नया गाउँपालिकाका १ जना गरि थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बिहीबार ३ जना संक्रमित थपिए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ९० पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बैतडीमा कोरोना संक्रमित निको भएर सक्रिय संक्रमितको सङख्या ५८ मा झरेको भएपनि पछिल्लो केहिदिन यता बढेर ९० पुगेको हो । अहिले निको हुने भन्दा संक्रमितको सङख्या थपिदै गएको छ। सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी पाटन नगरपालिकामा ३६ जना छन् ।

यस्तै दशरथचन्द नगरपालिकामा १५ जना, डीलाशैनीमा ९ जना , सुर्नयामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ६ जना रहेका छन् । यस्तै , शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिका २ जना, मेलौलीमा ४ जना , पुर्चौडी नगरपालिकार पञ्चेश्वर गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ३ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.