बैतडीको पाटनमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने
बैतडी असार १७ ।बैतडीमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । यहि असार १९ गते पर्सि शनिबार बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका जन स्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिनुभयो ।
एक दिने स्वास्थ्य शिविरमा मनोचिकित्सक द्वारा चेक जाँच , मनोसामाजिक परामर्श सेवा र निःशुल्क औषधी वितरण गरिने उहाँले बताउनुभयो ।स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा १९ गते मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने जनाउदै स्वास्थ्य कार्यालय बैतडीले मानसिक स्वास्थ्य समस्या भएकालाइ सेवा लिन अनुरोध गरिएको छ ।
पहिले देखि उपचारमा रहेका व्यक्तीहरुले आफु संग भएको बिरामी पूर्जा र सेवन गर्ने औषधी संगै लिइ आउन अनुरोध गरिएको छ । कोरोनाका जोखीम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डहरुको पालन गरेर शिविरमा सरिक हुन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ ।