शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्तीःशालिकमा माल्पार्पण गरी मनाइयो
बैतडी असार १७ ।शहीद दशरथ चन्दको ११९ औं जन्मजयन्ती । जन्मभूमी बैतडीमा ११९औं जन्मजयन्ती मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा शहीद चन्दको ११९ औं जन्मजयन्ती मनाइएको हो । कोरोना भाईरसको महामारीका कारण अन्य कार्यक्रम गर्न नसकिएपनि शहीद दशरथचन्दको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाइएकाे शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।
जन्मजयन्तीको अवसरमा विशेष कार्यक्रम नगरिए पनि शहीद दशरथचन्दको जन्मघर बस्कोट र गढीमा रहेको शहीद चन्दको शालिकमा माल्पार्पण गरिएको उहाँले बताउनुभयो । शहीद दशरथचन्दको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको माल्यार्पण कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगायतको सहभागिता रहेको थियो ।
तत्कालिन जहाँनीया राणा शासनको अन्त्यका लागि आफ्नो जीवन बलिदान गर्ने मध्येका चार जना शहीद मध्ये दशरथ चन्द पनि एक हुन् । शहीद दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो ।