शिवनाथ गाउँपालिकाको महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान

बैतडी-असार १७/ बैतडीको शिवनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । “स्वास्थ्यमा शान, शिवनाथको पहिचान” भन्ने नाराका साथ बुधबार एक कार्यक्रमका बिच गाउँपालिका भरिका स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमणको समयमा पनी नागरिकहरुलाई स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने ४६ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सारी उपहारसंगै दोसल्ला, प्रमाणपत्र र टिकाले सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिनुभएको छ । सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष चन्दले स्वास्थ्य क्षेत्र सुधारको लागी गाउँपालिकामा महिला स्वास्थ्य स्वयम सेविकाहरुले खेलेको भुमिकाको प्रसंसा गरेकी छिन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.