शिवनाथको शिवपूर्ण आधारभूत विद्यालय बैतडीकै पहिलो तीन तारे विद्यालय घोषणा

बैतडी असार १६ गते ।बैतडीको एक विद्यालय तीन तारे विद्यालय सुनिश्चिता घोषणा भएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पूरा गरेर जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ५ स्थित शिवपूर्ण आधारभूत विद्यालय लामाखाली तीन तारे विद्यालय सुनिश्चिता घोषणा भएको हो ।

No description available.

No description available.

तीन तारे विद्यलाय हाम्रो शान विद्यार्थी , शिक्षक र अभिभावक सबैको श्वाभिमान भन्ने  नाराका साथ   शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदको प्रमुख आथित्यता, उपाध्यक्ष कुस्मा चन्दको विशिष्ट आथित्यतामा बुधबार विद्यालयलाई जिल्लाकै पहिलाे तीन तारे विद्यालय घोषणा गरिएको हो । शिवनाथ गाउँपालिका र ग्रामिण जलस्रोत परियोजना बैतडीको सहयोगमा विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चिता घोषणा गरिएको हो ।

No description available.

शिवपूर्ण विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता घोषणा हुने जिल्लाकै पहिलो विद्यालय हो । भने सदूरपश्चिमको तेस्रो हो । खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका १० ओटा सुचकहरु पूरा गेरर विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले बताउनुभयो ।

No description available.

शिवपूर्ण विद्यालय स्वच्छ पिउने पानी सहित पर्याप्त पानीको व्यवस्था, विद्यार्थी सङख्या अनुसार सफा, सुरक्षीत स्थानमा बालबालिका लैँगिक अपाँगता, बातावरण मैत्री शौचालय, बातावरणिय सरसफाइ हरियालि बातावरण र स्वच्छता सुविधा, मैनावारी स्वच्छता व्यवस्थापन, सफा स्वच्छ र खाद्य पदार्थ सहितको भान्सा घर , विपद् जोखीम व्यवस्थापन, प्रर्वधन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीका मापदण्डहरु पुरा गरेपछि विद्यालय तीन तारे सुनिश्चिता घोषणा भएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना शिवनाथ गाउँपालिकाका जल स्रोत अधिकृत हर्ष राज भट्टले जानकारी दिनुभयो ।

No description available.शिवपूर्ण विद्यालयले विद्याल खानेपानी तथा सरसफाइ स्वच्छता कार्यविवि ७४ को दोस्रो संसाेधन ७६ अनुसारका १० ओटै मापदण्डहरु पुरा गरेर उत्तम स्थान हाशिल गरेरकाले तीन तारे विद्यालय घोषणा गरिएको उहाँले बताउनुभयो ।

 बुधबार भएको तीन तारे घोषणा कार्यक्रममा शिक्षक अभिभावक, विद्यार्थी, सञ्चारकर्मी । राजनितिक दलका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी लगायत सर्वसाधारण नागरिकरुहको सहभागिता रहेको थियो । स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर कार्यक्रम गरिएको बताइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.