बैतडीमा कोरोना संक्रमित बढ्दै, बुधबार सुर्नयाका ४सहित ८ जनामा संक्रमण
बैतडी असार १६ गते ।बैतडीमा कोरोना संक्रमितको सङख्या फेरी बढ्दै गएको छ । बुधबार पनि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार १९ जनामा कोरोना पुष्टि भएको थियो,मंगलबार १० जनामा र बुधबार ८ जना थपिएका छन् । बुधबार संक्रमण पुष्टि हुनेमा सुर्नया गाउँपालिकाका ४ जना, मैलौली नगरपालिकाका २ जना , दशरथचन्द नगरपालिकाका १ जना र दाुर्चलाका १ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ३ सय १८ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सिआइसिटि अफिसर बिनिता चौधरीले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा २ सय ७६ जनाको एन्टीजेन गर्दा ७ जनामा र ४२ जनाको पिसीआर परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएकाे हो । आज ८ जनामा कोरोना पुष्टि भए संगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या ८७ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी पाटन नगरपालिकामा ३६ जना छन् ।
यस्तै दशरथचन्द नगरपालिकामा १५ जना, डीलाशैनीमा ९ जना , सुर्नयामा ७ जना, दोगडाकेदार गाउँपालिकामा ६ जना रहेका छन् । यस्तै , शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिका र मेलौलीमा २÷२ जना , पुर्चौडी नगरपालिकार पञ्चेश्वर गाउँपालिकामा १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ३ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।