बैतडीमा सवारी साधन चले, सरकारी कार्यालयहरुबाट बार अनुसार सेवा

बैतडी- असार १६ ।बैतडीमा सार्वजनिक सवारी साधानहरु सञ्चालनमा आएका छन् । जिल्लामा सवारी साधन करिब २ महिना पछि सञ्चालनमा आएका हुन् । कोरोना संक्रमणा रोकथामका लागि गत वैशाख २० गते देखि जारी निषेधाज्ञाले बन्द भएका सवारी साधन बुधबार बाट सञ्चालन आएका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञा खुकुलो पारेर सीट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरि सवारी साधन सञ्चालन गर्न भनेपछि बुधबार बाट गाडी चलेका हुन् । जिल्लामा सावरी साधन विहान ७ बजे देखि बेलुकि ७ सम्म सञ्चालन गर्न आदेश गरिएको छ ।
सरकारी कार्यालयहरुबाट बार अनुसार सेवा
जिल्लाका सरकारी कार्यालयमा बार अनुसार सेवा प्रवाह भइरहेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरुमा बुधबारबाट बारअनुसार सेवा प्रवाह भइरहेको हो ।

कोरोना संक्रमण केहि कम भएपनि जोखीम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले बार अनुसार सेवा प्रदान गर्न आदेश दिएको छ । जिल्ला प्रशासनबाट स्थानीय तहलाई बार अनुसार सेवा प्रदान गर्नेु पर्ने आदेश आएकाले सोहि अनुसार सेवा प्रवाह भइरहेको माल पोत कार्यालय बैतडीका प्रमुख दिला राम भट्टले जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रशासन कार्यालय लगायतका अन्य सरकारी कार्यालयहरुले पनि बार अनुसारनै सेवा दिइरहेका छन् । यहि असार ११ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सेवा प्रवाहका सन्दर्भमा निर्णय गरेको थियो । सोहि निर्णयमा टेकेर अहिले यहाँका कार्यालयहरुले फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिइरहेका हुन् ।

बैतडीका १० ओटा स्थानीयतह मध्ये पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुले बुधबार सेवा लिइरहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका शिवनाथ गाउँपालिका नागरिकहरुले आइतबार सेवा पाउने छन् । मेलौली नगरपालिकार र सिगास गाउँपालिकाका नागरिकहरुले सोमबार,दोगडाकेदार गाउँपालिका र डीलाशैनी गाउँपालिकाका नागरिकले मंगलबार , पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुले बुधबार पाउने छन् ।

यस्तै बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकरुले सेवा पाउने बताइएको छ । बैतडीमा खुकुलो पार्दै निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्लामा वैशाख २० गते देखि जारी निषेधाज्ञा पाचौँ पटक केहि खुकुलो पार्दै असार ३१ गते राती १२ बजे सम्मका लागि कायम गरिएको हो ।कोभिडको संक्रमण घट्दो क्रममा रहेपनि पूर्णरुपमा नियन्त्रणमा नआएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले. जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.