दुर्गास्थान हेल्थ पोष्टमा एक दिने स्वास्थ्य शिविर सम्पन्न, २ सय बढीले सेवा पाए

बैतडी असार १५ ।बैतडीको मेलौली नगरपालिकाको एक स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको अयोजनामा मेलौली २ स्थित दुर्गास्थान हेल्थपोष्टमा मंगलबार  निःशूल्क  स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी व्यक्तिहरुले सेवा पाएका छन् ।

शिविरमा अँखा, कान , नाक, दात लगायत समस्या भएका २ सय जना भन्दा बढी व्यक्तिहरुले डाक्टर एवं स्वास्थ्यकर्मीहरु बाट सेवा लिएका दुर्गास्थान हेल्थ्पोष्टका ईन्चार्ज गौरी चन्दले जानकारी दिुनभयो ।

विद्यालय उमेरका व्यक्तिहरुलाई सेवा दिने उद्देश्यले संचालन गरिएको शिविरमा जेष्ठ नागरिकहरुले समेत सेवा लिएका छन् । स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले अहिलेसम्म जिल्लाको ६ ठाउँमा शिविर संचालन भईसकेकोे बताउनु भएको छ ।

स्वास्थ्य शिविरमा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी , आँखा अस्पताल पाटन र बैतडीका प्राविधिक साथै डेन्टल सर्जन डा. भुपेश जोशी लगायत दुर्गास्थान हेल्थपोष्टका ईन्चार्ज गौरी चन्द र अनमी मन्जु बिष्टको सहभागिता रहेको थियो । सेवा पाउँदा नागरिकरु निकै खुसी भएका सञ्चारकर्मी देव दत्त ओझाले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.