बैतडीमा धान दिवस (फोटो फिचर)
बैतडी असार १५ । आज असार १५। अर्थात मानो रोपेर मुरी फलाउने समयको महत्व बोकेको दिन। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ। देशभरि जस्तै बैतडीमा पनि धान दिवस मनाइएको छ । जिल्लाको पाटन नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा धान दिवस मनाइएको हो । किसानहरुलाई धानखेतीमा आकर्षित गराउन खेतमै पुगेर धान दिवस मनाइएको बताइएको छ ।
यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र कञ्चनपुरमा ३७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ। सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये झण्डै ५० प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको छ।