बैतडीमा पिसीआर प्रयोगशाला, कोरोना परीक्षण शुरु
डी आर भट्ट- असोज- १ बैतडी/ जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोभिड १९ को परीक्षण गर्ने प्रयोगशालाको उद्घाटन भएको छ । प्रयोगशलाको सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी र उद्योग ,पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्नु भएको हो ।
बिहिबार एक औपचारिक कार्याक्रमका विच सामाजिक विकास मन्त्री सुवेदी र पर्यटन मन्त्री भट्टले पिसीआर प्रयोगशालाको उद्घाटन गर्नुभएको हो । प्रयोगशालामा बिहिबार देखिनै कोरोना परीक्षण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा पिसीआर प्रयोगशला स्थापना भएपछि जिल्लामा कोरोना परीक्षण शुरुभएको हो ।
जिल्ला अस्पताल बैतडीमा स्थापीत पिसीआर प्रयोगशाला करिब ४०लाख लागतमा सञ्चालनमा आएको बताइएको छ । कोरोना परीक्षणका लागि बाहिर जिल्ला जानुपर्ने बाध्यताको प्रयोगशला सञ्चालनमा आएसंगै अनत्य भएको छ । प्रदेश सरकाले निर्णय गरेको ६ महिनापछि स्थापनाभएको प्रयोगशालामा कोरोना परीक्षण संगसंगै अन्य रोगको समेत परीक्षण हुने बताइएको छ ।
जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसीआर प्रयोगशालामा कोरोना परीक्षणका साथै अन्य रोगको पनि परीक्षण गर्न सकिने स्वास्थ्य प्रमुख योगेश प्रशाद भट्टले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले गत चैत १५ गते बैतडीमा पीसीआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । निर्णय गरेको करिब ६ महिनापछि बैतडीमा प्रयोगशाला असोज १ गतेबाट सञ्चालनमा आएको हो ।