बैतडीमा कोरोना संक्रमण फेरी उकालो लाग्दै, सोमबार १९ जना थपिए !
बैतडी असार १४।बैतडीमा कोरोना संक्रमण फेरी उकालो लाग्न थालेको छ । जिल्लामा पछिल्लो केहिदिन यता संक्रमण दर कम हुँदै गएकोमा आजभोली फेरी बढ्न थालेको हो ।
आइतबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सोमबार १९ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय ४३ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीेले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ सय ४३ जनाको एन्टीजेन विधिबाट भएको कोरोना परीक्षणमा जिल्लाका १९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका कम्प्युटर अपरेटर महेन्द्र सिहँ रावलले जानकारी दिनुभयो ।
सोमबार संक्रमण पुष्टि हुनेमा पाटन नगरपालिकाका ९ जना, शिवनाथ गाउँपालिकाका ५ जना, दोगडा केदार गाउँपालिका र सुर्नया गाउँपालिकाका २ ÷२ जना तथा दशरथचन्द नगरपालिकाका १ जना रहेका छन् ।
यस्तै सोमबार २ जना संक्रमणमुक्त भएका छन् । सिगास गाउँपालिकाका र दशरथचन्द नगरपालिकाका १÷१ जना कोरोना जितेर निको भएका हुन् । सोमबार १९ जनामा कोरोना पुष्टि भए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित सङख्या ६९ पुगेको छ । बैतडीमा रहेका ६९ कोरोनाका सक्रिय संक्रमित मध्ये १ जना अन्य जिल्लाका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बैतडीको पुर्चौडी नरगपालिका र मेलौली बाहेक सबै स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित छन् । तत्काल मेलौली र पुर्चौडीमा कोरोनाका सक्रिय संक्रमित शून्य छन् ।