राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बैतडीमा ४ हजार विरुवा रोपण
बैतडी असार १४ ।आज राष्ट्रिय वृक्षारोपण दिवस । बैतडीमा पनि मनाइएको छ । बैतडीमा वृक्षारोपण गरेर दिवस मनाइएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले जानकारी दिनुभयो ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा ग्वाल्लेक–केदार वन संरक्षण क्षेत्र (मिनी खप्तड समेत भनिने)दशरथचन्द नगरपालिका ९ स्थित तालकुल्ला सामुदायिक वनमा वृक्षारोपण गरिएको उहाँले बताउनुभयो ।
स्थानीय उपभोक्ताहरूको उत्साहपूर्ण सहभागितामा वनको साढे २ हेक्टर खाली क्षेत्रमा ४ हजार विरुवा रोपण गरिएका डिभिजन वन प्रमुख पराजुलीले बताउनुभयो । उहाँका अनुसार वनमा रिठा, अमला, टिमुरका विरुवा रोपण गरिएका छन् ।