विद्युत विस्तारको माग गर्दै मेलौलीमा जनप्रतिनिधि आमरण अनसन
बैतडीको मेलौलीमा विद्युत विस्तारको माग गर्दै जनप्रतिनिधि नै आमरण अनसन बसेका छन्। विद्युतको समस्या भएको भन्दै मेलौली नगरपालिका वडा नं ९का वडा सदस्य भीमदत्त भट्ट आमरण अनसन बसेका हुन्।
मेलौलीमा विद्युत नभएकै कारण चितुवाको आक्रमण हुने गरेको र स्थानीयले अकालमै ज्यान गुमाउनु परेकाले विद्युत विस्तारको माग गर्दै आमरण अनसन बसेको वडा सदस्य भट्टले जानकारी दिनुभयाे ।
मेलौलीका सबै वडामा विद्युत विस्तार गनुपर्ने उनको माग छ। तर, तत्काललाई भने चितुवा प्रभावित क्षेत्र मेलौलीको ८ र ९मा विद्युत विस्तार गरिनुपर्ने उनको भनाई छ।वडा सदस्य भट्टले सोमबारदेखि अनसन शूरु गरेका हुन्। तर, यता मेलौली नगरपालिकाका नगर प्रमुख कृष्णसिंह नायकले भने विद्युत विस्तारका लागि पहल भईरहेको बताउदै अनसन बस्न आवश्यक नरहेको बताउनुभयाे ।