यूनाईटेड मिसन टु नेपालले दियो बझाङमा १६ लाखको मेडिकल सामग्री
बैतडी असार १४ । यूनाईटेड मिसन टु नेपालले बझाङ जिल्लाका बिभिन्न स्थानिय तह, जिल्ला अस्पताल बझाङ लगायत जिल्लाका सुरक्षा निकायहरुलाई मेडिकल सामग्रीहरु बितरण गरेको छ ।
कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर न्युनिकरण तथा तेस्रो लहरले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै बुंगल नगरपालिका, थलारा गाउँपालिका, मस्टा गाउँपालिका, केदारस्यु गाउँपालिका र बित्थड चिर गाउँपालिकालाई मेडिकल समग्रीहरु वितरण गरिएको हो ।यस्तै जिल्ला अस्पताल बझाङ, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी र नेपाली सेना समेत मेडिकल समाग्री वितरण गरिएको यूनाईटेड मिसन टु नेपाल वझाङ्गका टिम लिडर ज्योति चपाईले बताउनु भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको रोहवरमा अक्सिजन कन्सन्ट्रेटर १० लिटर र ५ लिटरका ४÷४ वटा, पीपीई सेट ५० वटा, एम्बु व्याग २५ वटा, पल्स अक्सिमिटर १०० वटा र नन रिव्रेथर मास्क १०० वटा वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै नजल ट्रङ्क १०० वटा, फोल्डिङ्ग डसना ७ वटा, र घरमै आइसोलेसन वस्दा आवस्यक पर्ने सामग्री सहितको सेट २९ वटा सामग्रीहरु वितरण गरिएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको समन्वय, कोरडिएडको आर्थिक सहयोग, यूएमएन वझाङ्ग क्लष्टरको व्यवस्थापन र यूएमएनका साझेदार संस्थाहरुले एक कार्यक्रमका बिच १६ लाख भन्दा बढीका मेडिकल सामाग्रीहरु हस्तान्तरण गरेको यूनाईटेड मिसन टु नेपालले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि तथा वालवालिकाको क्षेत्रमा विगत ११ बर्ष देखी बझाङ्ग जिल्लामा काम गर्दै आइरहेको यूएमएनले यस भन्दा पहिला पनि २५ लाख भन्दा बढीका स्वास्थ्य सामग्रीहरु वितरण गरेको जनाएको छ । यस्तै नेपाल सरकारले कोरोना न्यूनीकरणका लागि लक्षित बर्गहरुलाई खोप लगाउदै आएकोमा अगामि दिनहरुमा खोप केन्द्रमा खटिने कर्मचारीहरुको क्षमता विकास गर्ने र खोप केन्द्र व्यवस्थापनमा सहयोग पु¥याउने जनाएको छ ।