गलत प्रचारप्रति नेपाली कांग्रेस बैतडीका नेताहरुको आपत्ति, फेक आइडी बनाउनेलाई कारबाहीको माग
बैतडी असार १३ । नेपाली कांग्रेस बैतडीका नेताहरुले अराजक तत्वहरुले आफूहरुलाई बदमान गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । केही नेताहरुको नाम जोडेर बाह्रमण एकता बैतडी नामक फेक आइडी बनाएर आफूहरुलाई बदनाम गर्न खोजिएको भन्दै नेताहरुले त्यस प्रति आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका बैतडीका नेताहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरेर आफूहरु कुनै जातीय राजनीतिमा नलागेको भन्दै महाधिवेशनलाई नै असर पार्ने गरेर केही अराजक तत्वहरुले आफूहरुलाई बदनाम गर्न खोजेको बताएका छन् । आफुहरुका तस्बिर फेक आइडिमा राखेर जातीय ,धार्मिक सद्भाव खलबलिने खालका पोष्ट गरेकाले संयुक्त रुपमा विज्ञप्ती निकालेर कार्बाहीको माग गरिएको काँग्रेसका युवा नेता जयराज जोशीले बताउनुभयो ।
फेसबुकमा आएका गलत र झुटा कुराहरुको पछि नलाग्न पनि कांग्रेस बैतडीका नेताहरुले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।यसैबीच कांग्रेसका नेताहरुको नाम जोडी ब्राहमण एकता बैतडी फेक आइडी बनाउनेलाई कारवाहीको माग गर्दै साइबर ब्युरोमा मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेसका नेता जनकराज भट्टले दोषीलाई कारवाहीको माग गर्दै ब्युरोमा मुद्दा दर्ता गरेका हुन् । हामीहरुलाई बद्मान गर्ने हिसाबले फेसबुकमा गलत आइडी बनाइएकाले साइबर ब्युरोमा मुद्दा दर्ता गरेका नेपाली कांग्रेसका नेता जनकराज भट्टले बताउनुभयो ।
विगत दुइ तीन दिन देखि समाजिक सञ्जालमा कुनै हमूक व्यक्ती तथा गिरोहले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको राजनितिक सरगर्मिलाइ धुमिल हुने गरि पार्टिको प्रतिष्ठामाथि नै आँच आउने हिसाबले कुत्सित मानसिकताका साथ हामिहरुको चरित्रहत्या गर्नका लागि ब्राहम्ण एकता समाजको नामले गरिएको कुप्रचारप्रति गम्भीर ध्यानकर्षण भएको छ संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।