बैतडीका थप  ७ जनामा कोरोना पुष्टि, ८ जना निको  भए 

बैतडी असार  -१३ । बैतडीका थप  ७ जनामा कोरोना पुष्टि भएको  छ ।  पछिल्लो  २४ घण्टामा ३ सय ६४ जनाको कोरोना परीक्षण गर्दा थप  ७ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य कार्यालय बैतडीले  जनाएको छ । आइतबार कोरोना पुष्टि हुनेमा जिल्लाको  डीलाशैनी गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिका र दोगडाकेदार  गाउँपालिकाका १ ÷ १ जना रहेका छन् । यस्तै थप ८ जना  निको  भएका छन्  ।  आइतबार  दोगडाकेदार  गाउँपालिकाका ३ जना, पञ्चेश्वर  गाउँपालिकाका २ जना , पाटन नगरपालिकाका २ जना र शिवनाथ  गाउँपालिकाका १ जना गरि  ८ जना संक्रमण मुक्त भएका हुन् । अब बैतडीमा कोरोनाका सक्रिय  संक्रमित ५२ जना रहेका छन् । ५१ जना बैतडीका र  १ जना अन्य  जिल्लाका गरि  अहिले बैतडीमा ५२ जना कोरोनाका सक्रिय  संक्रमित रहेका हुन् । अहिले शिवनाथ गउँपालिका,पुर्चौडी नगरपालिका र मेलौली  नगरपालिकामा कोरोना सक्रिय  संक्रमित शुन्य  छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.