कोरोना संक्रमणपछि रोकिएको जिल्ला अस्पताल बैतडीको ओपिडी सेवा सञ्चलान
बैतडी असार १३ । कोरोना संक्रमणपछि रोकिएको जिल्ला अस्पताल बैतडीको ओपिडी सेवा सञ्चालनमा आएको छ । अस्पतालमा कोरोना संक्रमणका कारण बन्द रहेको ओपिडी सेवा आइतबारबाट सञ्चालनमा आएको हो ।
कोरोनाकाे संक्रमणदर घटेर अस्पतालमा कोभिडका बिरामीको सङख्या शुन्यमा झरेपछि आइतबार बाट ओपिडी सेवा सञ्चालन गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिनुभयो ।
कोरोनाका कारण बन्द भएका सबै सेवाहरु आजबाट नियमित रुपमा प्रवाह भइरहेका उहाँले बताउनुभयो । कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण भयाबह रुपले बढेपछि बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला अस्पताल बैतडीले बैशाख १७ गते देखि ओपिडी सेवा बन्द गरेको थियो ।
जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जोशीले आइतबार बाट ओपिडी सेवा सञ्चालनमा आएका जनाउदै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सेवा लिन सबै नागरिकहरुलाइ आग्रह गरेका छन् ।