जिल्ला प्रशासन कार्यालय बैतडीले बार अनुसार सेवा दिने

बैतडी असार १३ । जिल्ला प्रशासन कार्यालय बैतडीले बार अनुसार सेवा प्रदान गर्ने भएको छ ।  यहि असार ११ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैतडीका सरकारी कार्यालयहरुले बार अनुसार सेवा प्रदान गर्ने निर्णय गरेको हो । फरकफरक बारमा फरकफरक स्थानीय तहका नागरिकलाई सेवा दिने निर्णय   भएकाे छ ।

आइतबार एक सूचना जारी गदै जिल्ला प्रशासन कार्यालय बैतडीले यहि असार १६ गते देखी बार अनुसार सेवा प्रदान हुने जनाएको छ । जिल्लामा निषेधाज्ञा भएदेखि बन्द रहेका नियमित सेवा १६ गते देखी सुचारु हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

१६ गते देखी जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बार अनुसार प्रदान गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।कोरोना  संक्रमणको जोखीमलाई मध्यनजर गर्दै बार अनुसार सेवा प्रवाह गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।असार १६ गतेदेखि तोकिएका सेवाको लागि छुट्टाछुट्टै  बार तय गरिएको छ ।

भीडभाड कम गर्न प्रशासनले नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, नाबालिक परिचयपत्र, राहदानी, लगायतका सेवाको लागि प्रत्येक स्थानीय तहको हकमा बार तोकेको सूचना अधिकारी भारतीले बताउनुभयो । १० ओटै स्थानीय तहका नागरिकहरुलाई बार अनुसार सेवा प्रदान गरिने जनाएको छ । प्रशासनका अनुसार पञ्चेश्वर गाउँपालिका शिवनाथ गाउँपालिका नागरिकहरुले आइतबार सेवा पाउने छन् ।

मेलौली नगरपालिकार र सिगास गाउँपालिकाका नागरिकहरुले सोमबार , दोगडाकेदार गाउँपालिका र डीलाशैनी गाउँपालिकाका नागरिकले मंगलबार , पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकहरुले बुधबार सेवा पाउने छन् । यस्तै बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकरुले सेवा पाउने बताइएको छ ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.