बैतडीः३ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य,जिल्लामा सक्रिय संक्रमित५३ जना

बैतडी असार १३ ।बैतडीका ३ स्थानीय तहमा कोरोना सक्रिय संक्रमित छैनन् । जिल्लाका ३ स्थानीय तहमा तत्काल कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीले  जनाएको छ ।

डीलाशैनी गाउँपालिका, मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य छ । डीलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा संक्रमण पुष्टि भएका सबै जना कोरोना जितेर निको भइसकेका छन् ।कोरोनाको दोस्रो लहर फैलिए पछि मेलौली नगरपालिकाका १ सय ७८ जनामा कोरोना पुष्टि भएकोमा १ सय ७६ जना कोरोना मुक्त भएका हुन् ।

मेलौलीमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो ।यस्तै पुर्चौडी नगरपालिकामा १ सय जनामा कोरोना पुष्टि भएकोमा ९८ जनाले कोरोना जितेका  छन् भने २ जनाको मृत्यु भएको थियो । यस्तै डीलाशैनी गाउँपालिकामा १ सय १६ जनामा कोरोना पुष्टि भएकोमा सबै जना स्वस्थ भइसकेका छन् ।

जिल्लामा अहिले ५३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा २९ जना, दशरथचन्द नगरपालिकामा १० जना, दोगडाकेदार गाउँपालिकामा ५ जना, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा ३÷३ जना रहेका छन् ।यस्तै सुर्नया गाउँपालिका र  शिवनाथ गाउँपालिका एक ÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

दोस्रो लहरको कोरोनाका कारण अहिले सम्म बैतडीका १८ जनाको मृत्यु भइसकेको छ ।दशरथचन्द नगरपालिकाका १० जना, पाटन नगरपालिकाका ४ जना, मेलौलीका २ र पुर्चौडीका २ गरि कोरोनाबाट जिल्लामा १८ जनाको मृत्यु भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.