शनिबार बैतडीका ६ जनाले कोरोना जिते

बैतडी -असार १२। बैतडीका ६ जनाले कोरोना जितेका छन्। सुर्नया गाउँपालिकाका ३ जना, दशरथचन्द नगरपालिकाका २ जना र डिलाशैनी गाउँपालिकाका १ जना गरि शनिबार ६ जनाले कोरोना जितेका हुन् ।

यस्तै थप १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको परीक्षण गर्दा पाटन नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार ६ जनाले कोरोना जिते संगै बैतडीमा अब ५३ जना कोरोनका सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये जिल्लाको पाटन नगरपालिकामा २९ जना, दशरथचन्द नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ५ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन्। यस्तै सिगास गाउँपालिकामा ३ जना, पञ्चेश्वर गाउँपालिकामा ३ जना, शिवनाथ गाउँपालिका १ जना सक्रिय संक्रमित रहेका छन्। बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.