नेकपा माओवादी केन्द्रले दियो स्वास्थ्य कार्यालय बैतडीलाई स्वास्थ्य सामग्री

बैतडी–असार ११/ नेकपा माओवादी केन्द्रले स्वास्थ्य कार्यालय बैतडीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार माओवादी केन्द्र केन्द्रिय समितिले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरु स्वास्थ्य कार्यालयलाई उपलब्ध गराईएको हो । कोरोना भाईरसको दोस्रो लहरको संक्रमण केही कम भए पनि संक्रमणको जोखिम अझै कायम रहेकाले स्वास्थ्य कार्यालयलाई बिभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको नेकपा माओवादी केन्द्रका बैतडी संयोजक प्रेम प्रकाश भट्टले जानकारी दिनुभएको छ । कोरोना बिरुद्धको लडाईमा अग्रमोर्चामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीहरुका लागी पिपिई सेट, र्थमल गन, सर्जिकल मास्क ,  एन ९५ मास्क   र गाउन लगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका माओवादी केन्द्रका संयोजक भट्टले आफै स्वास्थ्य कार्यालयमा पुगेर स्वास्थ्य प्रमुख योगेश प्रसाद भट्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका योङ कम्युनिष्ट लिग (वाईसियल) का बैतडी संयोजक बिरेन्द्र धामीले जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.