बिहिबार बैतडीका ८ जना कोरोना संक्रमण मुक्त, २ जना थपिए
बैतडी–असार १०/ आज बिहिबार बैतडीमा ८ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिभिन्न स्थानिय तहमा रहेका ८ जना संक्रमितहरु कोरोना जितेर निको भएका हुन् । आज निको हुनेमा पाटन नगरपालिकाका २ जना, दशरथचन्द नगरपालिकाका २ जना र सुर्नया गाउँपालिकाका ४ जना रहेका छन् । यस्तै २ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिका वडा नम्बर १ का २ जना महिला रहेका छन् । अब जिल्लामा कोरोनाका सक्रिय स्रकंमित जम्मा ५८ जना रहेका छन् ।