दोगडाकेदारको बजेट ५८ करोड ४ लाख, सुर्नयाको ३९ करोड ७ लाख
बैतडी–असार १०/ बैतडीको दोगडाकेदार गाउँपालिकाले अगामी आर्थिक बर्षका लागी ५८ करोड ४ लाख ९८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । बिहिबार बसेको सातौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर उक्त बजेट प्रस्तुत गरेको गाउँपालिकाका प्रवक्ता लक्ष्मी जोशीले जानकारी दिनुभएको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले ३९ करोड ७ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ९ औं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टले उक्त बजेट सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलापती भट्टले जानकारी दिनुभयो ।