जिल्ला अस्पताल बैतडीकाे ओपिडी सेवा आइतबारदेखि सञ्चालनमा आउने

बैतडी असार १० ।जिल्ला अस्पताल बैतडीले  आइतबार देखि ओपिडी सेवा शुरु गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै अस्पतालले कोरोना संक्रमणका कारण बन्द रहेको ओपिडी सेवा लगायतका अन्य सेवा असार १३ गते आइतबारबाट  सञ्चालन आउने जनाएको हो । अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शून्यमा झरेसंगै नियमित ओपिडी सेवा सञ्चालन गर्ने निर्णय भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । कोरोनाका कारण बन्दभएका  सबै सेवाहरु आइतबारबाट सञ्चालनमा आउने उहाँले बताउनुभयो । आइतबार देखि ओपीडी सेवा नियमित रुपमा प्रवाह गरिने जनाउदै जिल्ला अस्पताल बैतडीले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर सेवा लिन सबै नागरिकहरुलाइ आग्रह गरेको छ ।कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला अस्पताल बैतडीले ओपिडी सेवा बन्द गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.