सुर्नया नदीमा बगेर बेपत्ता भएकी बालिका मृत फेला
बैतडी असार १०। बैतडीको सुर्नया नदीमा बगेर बेपत्ता भएकी बालिका मृत फेला परेकी छन् । नदीमा बगेर बेपत्ता भएकी पाटन नगरपालिका १ बाटीेसेराकी १३ बर्षिया नितु विकको शव बिहीबार विहान साढे ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।
पाटन १ कै देउर भन्ने स्थानसुर्नया नदीकै किनारमा उनको शव भेटिएको स्थानीयहरुले बताएका छन् । मंगलबार दिउसो २ बजे नदीमा बगेर बेपत्ता भएकी बालिका बिहीबार विहान साढे ८ बजे मृत भेटिएकी हुन् ।
शवको उद्धारका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली घट्नास्थलमा खटिएको बताइएको छ ।नितु विक मगंलबार दिउँसो साथीहरुसंग नुहाउन गएका बेला नदीमा बगेर बेपत्ता भएकी थिईन ।