बैतडीमा थप ४ जनामा कोरोना पुष्टि, ५ जना निको
बैतडी–असार ०९/ बैतडीमा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बुधबार थप ४ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर २ का ३ जना र बझाङको तलकोट गाउँपालिकाका १ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमणमुक्त भएका छन् । बिभिन्न स्थानिय तहमा ५ जना संक्रमितहरु कोरोना जितेर निको भएका हुन् ।
अब बैतडीमा कोरोनाका सक्रिय संक्रमित ६४ जना रहेका छन् जसमध्ये ४० जना पुरुष र २४ जना महिला रहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी पाटन नगरपालिकामा २३ जना, दशरथचन्द नगरपालिकामा १७ जना, सुर्नया गाउँपालिकामा ८ जना, दोगडाकेदार गाउँपालिकामा ७ जना, पञ्चेश्वर गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा २ रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा समान १÷१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जिल्लाको मेलौली नगरपालिका भने तत्कालका लागी कोरोनाका सक्रिय संक्रमितमुक्त पालिका भएको छ । कोरोना पुष्टि भएका सबै जना निको भए पछि मेलौली नगरपालिका सक्रिय संक्रमित मुक्त पालिका भएको हो ।