बैतडीको दोगडाकेदारमा उद्यमसिलता बिकास तालिम सञ्चालन
बैतडी–असार ०९/ बैतडीको दोगडाकेदार गाउँपालिकामा उद्यमसिलता बिकास तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको आयोजना तथा पब्लिक पावरको समन्वय मगंलवारबाट गाउँपालिकामा ७ दिने तालिम शुरु भएको हो । उद्यमसिलता सम्बन्धी युवा युवतीहरुलाई तालिम दिएर ब्यबसाय तर्फ आर्कषित गराउने प्रमुख उदेश्यले तालिम सञ्चालन गरिएको पब्लिक पावरका अध्यक्ष भोजराज जोशी (क्वालिटी)ले जानकारी दिनुभएको छ । बढ्दो बेरोजगारीसंगै युवाहरुलाई स्वदेशमै ब्यबसाय गर्दा हुने लगानी, फाईदा, चुनौती र समस्याका बारेमा प्रशिक्षण दिईरहेको उहाँको भनाई छ । असार १४ गतेसम्म सञ्चालन हुने उक्त तालिममा २० जनाको सहभागीता रहेको छ । दोगडाकेदारमा मात्रै नभएर अन्य ठाउँका युवाहरु पनी उक्त तालिम लिन ईच्छुक भएमा आफुहरुले तालिम दिने पब्लिक पावरका अध्यक्ष क्वालिटीले बताउनुभएको छ ।