सिद्धेश्वर मावि हुक्केडाँडामा स्वास्थ्य शिविर सञ्चालन हुने
बैतडी असार ८ ।बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्के डाँडामा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बैतडी को आयोजनामा यहि अषाढ १० गते स्वास्थ्य शिविर सञ्चालन हुने सिद्धेश्वर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिहँ भाटले जानकारी दिुनभयो । स्वास्थ्य शिविरमा दात, कान र आँखाको चेकजाँच गरिने बताइएको छ । शिविर बिहान १० बजे देखी सञ्चान हुने जनाउदै विद्यालयले शिविरमा सहभागी भएर लाभ लिनुहुन सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध गरेको छ ।