बैतडीमा नदीमा डुबेर एक बालिका बेपत्ता

बैतडी–असार ०८/  बैतडीको सुर्नया नदीमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ बाटीेसेराकी १३ बर्षिया नितु बिक रहेकी छन् । साथीहरुसंग नुहाउन गएकी उनी मगंलवार दिउँसो २ बजेको समयमा नदीमा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । स्थानीय र अस्थायी प्रहरी पोष्ट सलेनाको टोलीले उनको खोजी कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.