बैतडी प्रहरीले थाल्यो वृक्षारोपण अभियान
बैतडी–असार ०७/ जिल्ला प्रहरी कार्यालय बैतडीले वृक्षारोपण अभियान सञ्चालन गरेको छ । वाताबरणीय अनुकुलतालाई मध्यनजर गर्दै पर्यावरणलाई हराभरा बनाउने उदेश्य सहित सोमबारबाट प्रहरीले वृक्षारोपण अभियान शुरु गरेको हो । आज पहिलो दिन जिल्ला प्रहरी कार्यालयको परिसर भित्र बृक्षारोपण गरी अभियानको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षण नारायण प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
अभियान अन्तर्गत जिल्लाका ३५ वटै प्रहरी युनिटमा बृक्ष रोपण भईरहेका उहाँले बताउनुभयो । जिल्ला भरिमा करिब १५ सय वृक्ष रोपण गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । वृक्षारोपण अभियानमा पहिलो प्राथमिकता प्रहरी युनिटहरुलाई दिईएको र बाँकी बिरुवाहरु सार्वजनिक ठाउँहरुमा लगाईने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।