सिटिईभिटिको निर्णयप्रति नेवि संघ बैतडीको आपत्ती

 भदौ -३१ गते -बैतडी / सिटिईभिटि परीक्षा नियन्त्रण कार्यालयले शैक्षीक डिप्लोमा तहको प्रवेश परीक्षाका लागि गरेको निर्णयप्रति  नेपाल विद्यार्थि संघ बैतडीले आपत्ती जनाएको  छ । सिटिईभिटिको  ३ बर्से डिप्लोमा तहको प्रबेश परिक्षा एसईई  र कक्षा ८ को प्राप्त प्राप्तांकको   आधारमालिने निर्णयप्रति नेवि संघ बैतडीले आपत्ती  जनाएको  हो ।

 नेपाल विद्यार्थि संघ बैतडीले  बुधबार   एक  प्रेष विज्ञप्ती  निकाल्दै  सिटिईभिटिको  ३ बर्से डिप्लोमा तहको प्रबेश परीक्षा एसईई  र कक्षा ८ को जिपीए  आधारमा लिने कुरा नितिगत र बैज्ञानिक नभएको  भन्दै सच्चाउन माग गरेको   छ । कोरोना भाइस  संक्रमणले शैक्षीक क्षेत्र ठप्प रहेका अवस्थामा डीप्लोमा तथा प्रमाणपत्र तहको परिक्षका लागि एसईईमा प्राप्त गरेका प्राप्ताङकलाई ६० प्रतिशत र ८काक्षमा प्राप्त गरेको  प्राप्ताङलाई ४० प्रतिशत  अँकभार  प्रदान गरि  छनोट गर्ने प्रकृया अप्रादर्शि र  अवैज्ञानिक रहेको नेवि संघले  ठहर गरेको छ ।

प्राविधिक जस्तो महत्वपूर्ण विषयमा परीक्षाविना विगतको नतिजालाई  आधारमानि छनौट गर्ने सिटिईभिटि परिषदको निर्णय प्रति घोर आपत्ती  जनाउँदै नेविसंघ बैतडीले  यथासिग्र निर्णय  सच्चाई सामाजिक दुरि  कायम गरेर  प्रवेश परीक्षा गर्न  माग गरेको छ  । प्राविधिक शिक्षा आजको  आवस्यकता भएको  भन्दै नेवि संघ बैतडी  अध्यक्ष कपील केसीले प्राविधिक शिक्षामा सबैको पहुँच पु¥याउन विद्यार्थिको  क्षमता मापन अपरिहार्य  रहेका बताउनुभएको  छ ।

सिटिईभिटि  परिषदले  गरेको  निर्णबाट आम विद्यार्थिमा  नैराष्यता छाएकाले  समाजिक दुरी कायम गरेर अथाव प्रविधिको  प्रयोगद्वारा परीक्षा गरिनु पर्ने  बताएका छन । निर्णय  नसच्चाए विद्यार्थि  प्रतिको अन्याय र  अधिकार  कुण्ठीत हुने  गतिविधीका खिलाप आन्दोलनको  आँधिबेरि सिर्जना  गर्न सिँगो विद्यार्थि संघ बाध्यहुने नेवि संघ बैतडीका अध्यक्ष कपील केसी द्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.