बैतडीमा कोरोना बाट स्वस्थ हुनेको सङख्या बढ्दै, सोमबार १६ जना निको भए
बैतडी- असार ७ ।बैतडीमा कोरोना बाट स्वस्थ हुनेको सङख्या बढ्दै गएकाे छ । कोरोना बाट सोमबार १६ जना संक्रमण मुक्त भएका छन् । विभिन्न स्थानीयतहमा रहेका १६ जना सोमबार कोरोना जितेर स्वस्थ भएका हुन् । यस्तै थप १ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८५ जनाको कोरोना परीक्षण गर्दा थप १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै अब बैतडीमा ६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।