बैतडीमा भेरोसेल खोपको पहिलो मात्राः २ हजार ९ सय २६ जनाले लगाए

बैतडी असार ६ ।बैतडीमा कोरोना भाइरस सङक्रमणविरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । जिल्लाका २ हजार ९ सय २६ जना जेष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ५ सय ६९ जना , पाटन नगरपालिकामा ४ सय १३, पुर्चौंडी नगरपालिकामा ३ स २५, मेलौली नगरपालिकामा २ सय ४२ र डिलाशैनी गाउँपालिकामा २ सय ५८ जनाले  खाेप लगाएकाे  छन् । यस्तै  सिगास गाउँपालिकामा २ सय ९५, दोगडाकेदार गाउँपालिकामा २ सय ७०, शिवनाथ गाउँपालिकामा २ सय २९, सुर्नया गाउँपालिकामा २ सय २१ र पञ्चेश्वर गाउँपालिकामा १ सय ८ जनाले खोप लगाएका छन् ।

खोप अभियानका लागि सङ्घीय सरकारले जिल्लामा ३ हजार ७ सय ८० मात्रा खोप पठाएको थियो । खोपको दोश्रो मात्रा २८ दिनपछि लगाउनुपर्ने हुन्छ । भेरोसेल खोपको दोश्रो मात्रा मौज्दात राखेर पहिलो डोज दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बतानउनुभएको छ।

जिल्लामा ३ हजार ४ सय ५५ जनालाई पहिलो डोज दिने लक्ष्य रहेकोमा ८५ प्रतिशत अर्थात २ हजार ९ सय २६ जनालाई मात्रै खोप दिइएको हो । लगातारको वर्षा, भगौलिक विकटता र चेतनाको अभावले गर्दा लक्ष्य भन्दा कम नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालयले बैतडीले जनाएको छ । ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तोकिएको भएपनि अन्य उमेर समूहकाले पनि खोप लगाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.