जन आस्था अनलाइनमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीको आपत्ति

बैतडी असार ६ । जन आस्था अनलाइनमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीले आपत्ति जनाएको छ । असार ५ गते जनआस्था अनलाईनमा डिभिजन वन कार्यालय बैतडीको नाम जोडेर वनतिर हिँडेका सिडियोलाई तिन ओटा लोकल भाले र  १० केजि आलु शिर्षकमा प्रकाशित समाचार प्रति डिभिजन वन कार्यालय बैतडीले  घोर आपत्ति जनाएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहित सुरक्षा निकायका प्रमुखलाई डिभिजन वन प्रमुख केशव पराजुलीले बिशेष निम्ता दिएर तीन वटा लोकल भाले र १० किलो आलु खुवाए भन्ने समाचर प्रति डिभिजन वन कार्यालय बैतडीले विज्ञप्ती निकालेर गम्भीर ध्यानाकर्ष भएको जनाएको हो ।

शनिबार चालु आर्थिक वर्षका योजनाहरुको अवस्था एवँ कार्य प्रगतिको स्थलगत जानकारी लिन जिल्ला स्तरीय अनुगमन गर्न प्र जी अ सहितको टोलीको सहभागितामा सम्पन्न कार्यक्रम पछि लेखीएको भ्रामक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लोकल भाले , आलु खान नभइ खोड्पे प्रहरी चौकीको निरीक्षण गर्न र कोभिड १९ को नियन्त्रणका लागि जिल्लाम जारी निषेधाज्ञाको प्रभावकारीताबारे स्थलगत अवलोकन गर्न अनुगमन टोली अनुगमन कार्यमा गएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले स्पष्ट पारेका छन् ।

यस्तो झरी, वर्षाद, एवँ प्रतिकुलताका बावजुत जिम्मेवारी कर्तव्यको पालना गर्न फिल्डमा खटिएका कार्यालय प्रमुख र कर्मचारीहरुको मनोवल गिराउने र प्रतिष्ठामा आँच आउने गरी प्रेषित पूर्वाग्रहीपूर्ण समाचार प्रति डिभिजिन वन कार्यालय खेद प्रकट गर्द छः डिभिजन वन प्रमुख केशव पराजुलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । जन आस्था अनलाइनले वनतिर हिँडेका सिडिओलाई तीन वटा लोकल भाले र १० किलो आलु ! भन्ने समाचार प्रकाशित गरेको थियो ।

No description available.

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.