बैतडीमा आइतबार ३५ जनाने कोरोना जिते
बैतडी असार ६ । बैतडीमा कोरोना मुक्त हुनेको सङख्या बढ्दै गएको छ । आइतबार जिल्लामा ३५ जनाने कोरोना जितेका छन् । विभिन्न स्थानीयतहमा रहेका ३५ जना आइतबार कोरोना जितेर निको भएका हुन् । आइतबार कुनै नागरिकमा पनि कोरोना देखीएको छैन् । पछिल्लो २४ घण्टामा १ सय ५० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अब जिल्लामा कोरोनाका सक्रिय संक्रमित ८३ जना मात्रै रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।