बैतडी : अवरुद्ध महाकाली राजमार्ग शुचारु
बैतडी–असार ०५/ अवरुद्ध महाकाली राजमार्ग शुचारु भएको छ । बैतडीको सतँबाज दार्चुला सडकखण्ड अन्र्तगत सुर्नया गाउँपालिका वडा नम्बर ३ को धर्मघरमा पहिरोको कारण अवरुद्ध सडक ७ घण्टा पछि शुचारु भएको हो । शनिबार बिहान ११ बजे सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध सडक ५ बजेदेखि शुचारु भएको सतबाँज प्रहरी चौकीका ईन्चार्ज उपेन्द्र तिम्लिसिनाले जानकारी दिनुभयो । बिहान ७ बजे पनि सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर ९ बजेदेखि सुचारु गरिएको थियो । फेरि ११ बजे खसेको पहिरो अहिले पन्छ्याएर रोकिएका सवारीसाधनहरु गन्तब्य तर्फ लागेका छन् ।