बैतडीमा घास काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु
बैतडी–असार ०५/ भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । घास काट्ने क्रममा लडेर जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ५ की २४ बर्षीया सुनिता पेलाको मृत्यु भएको हो । शनिबार बिहान घर नजिकैको खरबारीमा घास काट्न गएकी उनी भीरबाट लडेर गम्भीर घाईते भएकी थिईन । उपचारका लागी स्वास्थ्य चौकीमा लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।