काठमाण्डौमा डेरा गरी बसेका विद्यार्थीलाई नेवि संघ बैतडीले दियो खाद्यान्न

बैतडी–असार ०५/ नेपाल विद्यार्थी संघ बैतडीले बैतडी घर भई काठमाण्डौमा डेरा गरी बस्दै आएका विद्यार्थीहरुलाई खाद्यन्न वितरण गरेको छ । लामो समयदेखिको लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई शनिवार खाद्यन्न सामाग्रीहरु वितरण गरिएको हो । काठमाण्डौको बिभिन्न क्षेत्रमा डेरा गरी बस्दै आएका ७० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी १५ केजी चामल, १ लिटर तेल, १ केजी नुन र २ केजी दाल वितरण गरिएको नेपाल बिद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघ बैतडीका जिल्ला सदस्य एबंम राहत वितरण सम्पर्क ब्यक्ति नरेश बिष्टले शनिवार खाद्यन्न सामाग्रीहरु वितरण गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.