बैतडी : घरमाथिबाट पहिरो खसेपछि पञ्चेश्वरका ७ परिवार बिस्थापित

बैतडी–असार ०५/ घर माथिबाट खसेको पहिरोका कारण बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ गैरका आधा दर्जन घर परिवार बिस्थापित भएका छन् । लगातारको बर्षाका कारण शनिबार बिहान ६ बजे घरमाथिबाट पहिरो खसे पछि उक्त ठाउँका ७ घर परिवार बिस्थापित भएका हुन् । पहिरोका कारण स्थानिय कृष्ण राम औजीको भान्सा घरमा पुर्ण क्षति भएको छ भने घर जोखिममा रहेको छ । भान्सा घरमा भएको राशन लगायतका सामानहरुमा पुर्ण रुपमा क्षति भएको छ ।

No description available. यस्तै स्थानिय रमेश राम औजी, देवानी राम औजी, गोबिन्द राम औजी, धनी राम औजी र मदन राम औजीको परिवार विस्थापित भएको वडाअध्यक्ष दशरथ सिँह मंगोलाले जानकारी दिनुभएको छ । पहिरोका कारण मानविय क्षति भने नभएको उहाँको भनाई छ । यस्तै दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् । कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको बताईएको छ । बिस्थापित परिवारलाई देवथला माबिमा राखिएको स्थानिय एबंम पत्रकार मोहन चन्दले जानकारी दिनुभएको छ । निरन्तरको झरीका कारण अझै पनी पहिरो खस्ने क्रम नरोकिएको उहाँको भनाई छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.