बैतडीमा विद्यार्थी भर्ना अभियान शुरु

डीआर भट्ट- बैतडी असार ५ । बैतडीमा विद्यार्थी भर्ना अभियान शुरु भएको छ । अहिले जिल्ला भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा नियमित विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।

कोरोनाका कारण भौतिक उपस्थितिमा परीक्षा गर्न सम्भव नभएपछि आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशन गरेका सबै विद्यालयले अहिले धमाधम विद्यार्थी भर्ना गरि रहेका हुन् । असार १ गते देखी नयाँ शैक्षिक सत्र शुरु भएको छ । १० ओटै पालिकामा विद्यार्थी भर्ना अभियान थालिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले जानकारी दिनुभयो ।

कुनै कुनै विद्यालयमा कक्षा  ५ र कक्षा ८ उर्तिण गरेका विद्यार्थीहरुलाइ माथिल्लो कक्षाका लागि विद्यालय परिर्वतन गर्नुे पर्ने भएकाले त्यस्ता विद्यार्थीहरुका अभिभावकहरु संग फोनको माध्यमबाट छलफल गरेर भर्ना गर्न सुझाव दिइएको पनि उहाँले बताउनुभयो । कोरोना कहर कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यार्थी भर्ना अभियान थालिएको विद्यालयहरुले जनाएका छन् ।

पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले पनि भर्ना प्रकृया अगाडि बढाएको जनाएको छ । फरक दिन फरक टोलका विद्यार्थी तथा अभिभावक बोलाएर भर्ना कार्यक्रम भइरहेको प्रधानाध्यापक बहादुर सिहँ महराले बताउनुभयो । यस्तै सुर्नया २ स्थित बाशुदेव मावि लिष्किटाले पनि भर्ना अभियान शुरु भएको जनाएको छ । कोरोना कहरका कारण एक टोलका विद्यार्थीहरुलाई एक दिन अर्काे टोलका लाई अर्काे दिन भर्ना गर्ने गरि व्यवस्था गरिएको बाशुदेव मावि लिष्किटाका लेखापाल बिरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

सबै टोलहरुमा अभिभावकहरुलाइ पत्राचार गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आआफ्ना नानीबाबुलाई भर्ना गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । अहिले विद्यार्थी भर्ना अभियान शुरु गरिएको र कोरोना संक्रमण नियन्त्रणमा आए विद्यालय सञ्चालन गरेर पढाइ पनि शुरु गरिने बताइएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा आए फेस टु फेस पढाइ सञ्चालन हुने र कोरोना जोखीम कायमै रहे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पारित गरेका निर्देशिका र पठन पाठन सम्बन्धीका नयाँ कार्यढाँचाहरु अबलम्वन गरेर पढाइ शुरु गरिने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीको भनाई छ । बैतडीमा ५ सय ४० सामुदायिक र २२ ओटा संस्थागत विद्यालय रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.