बैतडीः शुक्रबार कोरोना संक्रमण हुनेको सङख्या शून्य,१० निको भए

बैतडी असार ४ ।बैतडीमा शुक्रबार नयाँ कोरोना संक्रमण हुनेको सङख्या शून्य रहेको छ । शुक्रबार गरिएको परीक्षणमा कुनै नागरिकमा पनि कोरोना नेदेखीएको हो । पछिल्लो २४ घण्टामा १ सय ७ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिनुभयो । बुधबार पनि ४सय ४९ जनाको कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको थियो । बैतडीमा परीक्षण तिब्र भइरहेको छ । संक्रमणदर घट्दै गएको छ । यस्तै १० जना निकोभएका छन् । विभिन्न स्थानीयतहमा रहेका ९  जना र अन्य ठाउँका १ गरि शुक्रबार १० जना कोरोना संक्रमितहरु कोरोना जितेर निको भएका हुन् । अहिले बैतडीमा १ सय ३२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।सक्रिय संक्रमित मध्ये १ सय ३१ जना बैतडीका रहेका छन् भने एक जना अन्य ठाउँका रहेका हुन्  ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.