बैतडीका थप ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि

बैतडी–असार ०३/ बिहिबार बैतडीका थप ११ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पाटन नगरपालिकाका ६ जना, दशरथचन्द नगरपालिकाका ३ जना, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका १÷१ जना रहेका छन् । यस्तै ९ जना निको भएका छन् । बिभिन्न स्थानिय तहमचा रहेका संक्रमितमध्ये ९ जना कोरोना जितेर निको भएका हुन् । अब बैतडीमा १ सय ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी सुर्नया गाउँपालिकामा ४२ जना सक्रिय संक्रमित छन् । यस्तै दशरथचन्द नगरपालिकामा २४ जना, मेलौली नगरपालिकामा २३ जना, पाटन नगरपालिकामा १७ जना, दोगडाकेदार गाउँपालिकामा ११ जना, पञ्चेश्वर गाउँपालिकामा ९ जना र पुर्चौडी नगरपालिकामा ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । यसैगरी सिगास गाउँपालिकामा ३ जना, शिवनाथ गाउँपालिकामा २ जना र डिलाशैनी गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अन्य ठाउँका २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.