कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गयो, एउटै टोलका १५ जना बिरामी 

कैलाली, भदौ ३१ / कैलालीमा श्राद्धको खाना खाएका एक जनाको ज्यान गएको छ । एउटै टोलका १५ जना बिरामी भएका छन् ।गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बाँकी १५ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।तीन जनाको नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् ।सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.