बैतडीका स्थानिय तह अगामी आर्थिक बर्षको निति कार्यक्रम ल्याउने तयारीमा

स्वास्थ्य क्षेत्र प्राथमिकतामा

जनक साउँद–बैतडी–असार ०३/ बैतडीका स्थानिय तहहरु आगामी आर्थिक बर्षको निति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन । असार १० गतेभित्र निति, कार्यक्रम ल्याउनु पर्ने संबैधानिक ब्यबस्था अनुसार यहाँका स्थानिय तहहरु अगामी आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका हुन् । गत बिगतका बर्षहरुमा वडा स्तरमा टोल भेला गराएर योजना तर्जुमा तथा निति कार्यक्रमका लागी सुझाव संकलन गर्ने गरिएकोमा यो बर्ष कोरोना महामारीका कारण टोल भेला गर्न सकिने अवस्था छैन् । तर केही स्थानिय तहहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै बस्ती भेला गराएर योजना तर्जुमा तथा सुझाव संकलन गरेका बताएका छन् ।  यहाँका स्थानिय तहहरुले अगामी आर्थिक बर्षमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर निति कार्यक्रम ल्याउने जनाएका छन् । यस्तै शिक्षा, कृषि, पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकता दिईएको पालिकाहरुले जनाएका छन् ।

   जिल्लाको दशरथचन्द नगरपालिकाले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । विगतका २ बर्ष कोरोना संकटमा गुज्रिएका र फेरी पनी संक्रमणले भयावह रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिईने नगरपालिकाकी उपप्रमुख मिना चन्दले जानकारी दिईन् । यस्तै कोरोना महामारीका कारण बेरोजगारी समेत बढेकाले नगरवासीको आर्थिक अवस्था सुधारका लागी कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको उनले बताईन । संबैधानिक ब्यवस्था अनुसार असार १० गते भित्र नै निति कार्यक्रम प्रस्तुत गनुपर्ने नगरपालिकाले जनाएको छ ।

    जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि सामाजिक बिकासलाई पहिलो प्राथमिकता दिने जनाएको छ । यस्तै भौतिक पुर्वाधार, वन, वाताबरण र बिपद् ब्यवस्थापनलाई प्राथमिकता दिईने बताईएको छ । बिभिन्न बिषयगत समितिका बैठकहरु बोलाएर निति तथा कार्यक्रमको तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभएको छ । असार १० गतेभित्रै निति कार्यक्रम ल्याउने उनको दाबी छ ।

  यस्तै मेलौली नगरपालिकाले स्वास्थ्य, रोजगारी र बिभिन्न लक्षित बर्ग बिशेष निति कार्यक्रम ल्याउने जनाएको छ । बिगतका बर्षहरुमा भौतिक पुर्वाधारलाई प्राथमिकता दिएर काम गरेकोमा अब सामाजिक बिकासलाई प्राथमिकता दिएर जनमुखी निति कार्यक्रम ल्याउने नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताईन् । कोभिडका कारण शिक्षा क्षेत्र धरापमा परेको भन्दै शैक्षिक क्षेत्रलाई चलायमान बनाउने गरी कार्यक्रम ल्याईने उनको दाबी छ । निति कार्यक्रम तथा बजेटका लागी बिभिन्न बिषयगत समिति र राजस्व परामर्श समितिको बैठक बसीसकेको र वडा तहमा जनप्रतिनिधिहरुको माध्यमबाट सुझाव संकलन भईरहेकाले १० गतेभित्रै निति कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ ।

    जिल्लाको शिवनाथ गाउँपालिकाले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकता दिने जनाएको छ । यस्तै अगामी आर्थिक बर्ष निति तथा कार्यक्रममा जनमुखी कार्यक्रमहरु समेटिएको जनाउदै गाउँपालिका अध्यक्ष कर्ण सिँह साउँदले असार १० गतेभित्रै निति कार्यक्रम ल्याउने बताउनुभयो । जिल्लाका अन्य स्थानिय तहहरुले पनी असार १० गतेभित्रै निति, कार्यक्रम तथा बजेट ल्याउने गरी तयारी गरिरहेको जनाएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.