झुलाघाट नाकाभएर  साढे ४ हजार बढी नेपाली स्वदेश फर्किए

बैतडी असार ३ ।कोरोना भाइरसको दोस्रोे लहर फैलिएयता बैतडी संग सीमा जोडीएको  झुलाघाट नाका भएर साढे ४ हजार बढी नेपाली नागरिक स्वदेश फर्किएका छन् ।

बैशाख देखी असार १ गते सम्म ४ हजार ६ सय २६ जना स्वदेश फर्किएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बैतडीका २ हजार २ सय ४० जना, बझाँङका १ हजार ६ सय ६१ जना, डडेल्धुराका १ सय १ , दार्चुलाका २७ डोटीका २५ ,अछामका ५ जना, बाजुराका १ सय २१ जना झुलाघाट नाका भएर स्वदेश फर्किएका  हुन् ।

यस्तै कैलालीका ५३ जना, कञ्चनपुरका ३० जना, हुम्लाका ६४, मुगुका ६० जुम्लाका ४० जना पनि झुलाघाट नाकाभएर फर्किएका बताइएको छ । नेपाल भित्रिनेमा अधिकाँश भारतमा कोरोना संक्रमण नियन्त्रण्का लागि लकडाउन भएपछि रोजगारि गुमाएर फर्किएका नागरिकहरु छन् । यस्तै अहिले दैनीक भारत जानेको सङख्यामा पनि वृद्धि भएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।

कोरोना संक्रमण केही घटेपछि रोजगारिको सिलसिलामा भारत जानेको सङख्या बढ्दै गएको हो । नेपालमा रोजगारिका सम्भावना नभएपछि यहाँका नागरिकहरु घरपरिवार पाल्नकै लागि भारत जाने गरेका छन् ।

भारतमा कोरोना संक्रमण दर नघटे पनि खान–बस्न नै समस्या हुन थालेको भन्दै उनीहरू भारततर्फ लागेका हुन् । अहिले दोस्रो चरणको कोरोना भाइरस फैलीएको समयमा बैतडीको सीमानाका झुलाघाट बन्द गरिएको छैन् ।भारतबाट फर्किनेको कोरोना जेकजाँच गर्न नाकामै हेल्थ डेस्क स्थापना गरिएकाे छ ।स्वदेश फर्किने  सबैकाे   कोरोना चेकजाँच गरेर प्रवेश गर्न दिइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.