बैतडीको दोगडाकेदारले बिहीबार देखि सबै सेवा नियमित प्रवाह गर्ने

बैतडी असार २ ।बैतडीको दोगडाकेदार गाउँपालिकाले बिहीबार देखि सबै सेवा नियमित प्रवाह गर्ने भएको छ । जिल्लामा कोरोना संक्रमण फैलिदै गए पछि गत बैशाख २० गतेदेखी जारी निषेधाज्ञामा बन्द रहेका सेवा भोली बिहिबार देखि प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । गत बैशाख २० गते देखि गाउँपालिका तथा वडा कार्यालयहरुले अत्याश्यक सेवाहरु मात्रै दिदै आएकोमा बिहीबारदेखि सबै कार्यालयहरुले नियमित सेवा दिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिनुभएको छ । आर्थिक बर्ष सकिन १ महिना मात्रै बाकी रहेकोले चालु आर्थिक बर्षका केही योजनाहरु कार्यान्वयन तथा आगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने बाध्यता रहेकोले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरु पालना गरी सबै कार्यालयले नियमित सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । कोरोना संक्रमण केही कम बन्दै गए पनि अहिले पनी असार १५ गतेसम्मका लागी जिल्लामा चौथौ चरणको निषेधाज्ञा जारी रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.