बैतडीमा पछिल्लो २४ घण्टामा साढे ४ सयको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

बैतडी असार २ ।बुधबार बैतडीका २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न स्थानीयतहमा रहेका २६ जना कोरोना जितेर बुधबार संक्रमण मुक्त भएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा कुनैमा पनि कोरोना नदेखीको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कुनैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य कार्यालय बैतडीका कम्प्युटर अपरेटर महेन्द्र रावलले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा ४ सय ४८ जनाको एन्टीजेन र १ जनाको पिसीआर विधिबाट कोरोना परीक्षण भएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । बुधबार २६ जनाले कोरोना जिते संगै अब जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १ सय ४० रहेको छ ।सक्रिय कोरोनाका संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ४२ जना छन् ।

यस्तै मेलौली नगरपालिकामा २३ , दशरथचन्द नगरपालिकामा २१,पञ्चेश्वर गाउँपालिकामा १३, पुर्चौडी नगरपालिका र पाटन नगरपालिकामा ११÷११ जना, दोगडाकेदार गाउँपालिकामा १० जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् । यस्तै शिवनाथ गाउँपालिका र सिगासमा ३÷३ जना सक्रिय संक्रमित छन् । यस्तै अन्य ठाउँका बैतडीमा २ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.