मगंलबार बैतडीका ५ जना कोरोना संक्रमणमुक्त, ३ जना थपिए
बैतडी–असार ०१/ मगंलबार बैतडीका थप ५ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार बिभिन्न स्थानिय तहका ५ जना संक्रमीत संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । यस्तै मगंलबार थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सुर्नया गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका १ जना रहेका छन् । अब जिल्लामा सक्रिय संक्रमित १ सय ६६ जना रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी सुर्नया गाउँपालिकामा ४३ जना रहेका छन् । यस्तै दशरथचन्द नगरपालिकामा २९ जना, मेलौली नगरपलिकामा २४ जना, डिलाशैनी गाउँपालिकामा १५ जना र पञ्चेश्वर गाउँपालिकामा १४ जना रहेका छन् । दोगडाकेदार गाउँपालिका, पुर्चौडी नगरपालिका र पाटन नगरपालिकामा समान ११÷११ जना र सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकामा समान ३÷३ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।