रेडक्रस बैतडीद्धारा मास्क वितरण

बैतडी–जेठ ३१/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले कोरोना भाईरस बिरुद्ध अग्रमोर्चामा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई मास्क बितरण गरेको छ ।  नेपाल भारत सीमानाका झुलाघाटमा रहेको सीमानाका स्वास्थ्य केन्द्र, सीमा प्रहरी र शसस्त्र प्रहरीको बिओपीलाई मास्क वितरण गरिएको रेडक्रसद्धारा सञ्चालित बालबिबाह अन्त्यका लागी रुपान्तरण कार्यक्रमका जिल्ला संयोजक कमल भट्टले जानकारी दिनुभएको छ । प्रत्येक कार्यालयलाई १÷१ सय थान सर्जिकल मास्क र १०÷१० थान एन ९५ मास्क बितरण गरेको उहाँको भनाई छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बैतडीका सभापती भिमदत्त पाण्डेले कार्यालयमै पुगेर उक्त सामाग्रीहरु वितरण गरेका हुन । रेडक्रसले यस अगाडी पनी जिल्लाका बिभिन्न निकायहरुलाई कोरोना भाईरसबाट बच्न बिभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.